आइएमई लाइफले गर्‍यो वृक्षारोपण

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सले वृक्षारोपण गर्ने भएको छ । इन्स्योरेन्सले सातौँ वर्ष प्रवेशको अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरी सप्ताहव्यापी रूपमा मनाउने भएको छ । सो अवसरमा सातवटै कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । 

जसअन्तर्गत २७ साउनदेखि १ भदौसम्म वृक्षारोपण कार्यक्रम, बिमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको हो । साथै, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण, सेनिटरी प्याड, भेन्डिङ मेसिन हस्तान्तरण, प्रभातफेरीलगायतका कार्यक्रम सम्पन्न गर्ने जनाएको छ ।

आइतबार कम्पनीले पोखरा– ३० स्थित ग्रिनपार्क, कञ्चनपुर–९ स्थित वृन्दावन सामुदायिक वन, सल्यान–१, छापडाडा तथा कोहलपुर– ८ स्थित शीतल छाया सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

सुझावित समाचार