भारतसँगको व्यापारमा सहजीकरण गर्न उद्योगमन्त्री भण्डारीको पहल

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

बिमस्टेक बिजनेस समिटमा भाग लिन २२ साउनमा भारत गएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्यहाँका उद्योग तथा वाणिज्यमन्त्री पीयूष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग भेटेर द्विदेशीय व्यापार सहजीकरणका लागि पहल गरेर फर्किएका छन् ।

मन्त्री भण्डारीले दुवैजनालाई भेटेर दुई देशका विभिन्न संयन्त्रलाई क्रियाशील बनाउनुपर्ने, अन्तरसरकारी समितिको बैठक चाँडै आयोजना गर्नुपर्ने, नेपाली निर्यातकर्ताले भोगेको कठिनाइलाई सहजीकरण गर्नेलगायतका विषयमा छलफल गरेका छन् । 

 पेट्रोलियममन्त्री पुरीलाई गरिएको प्रस्ताव

  • अनुदानमा नयाँ पाइपलाइन विस्तार र भण्डारण बनाउने
  • पेट्रोलियममा इथानोल मिसाउने
  • अमलेखगन्जको दोस्रो चरणको पाइपलाइन छिटो सक्ने
  • सिनामंगलको हवाई इन्धन डिपो सार्न सहयोग जुटाउने

वाणिज्यमन्त्री गोयलसँग भएको छलफल

  • दुई देशका विभिन्न संयन्त्रलाई क्रियाशील बनाउने
  • अन्तरसरकारी समितिको बैठक चाँडै राख्ने
  • नेपाली निर्यातकर्ताको कठिनाइलाई सहजीकरण गर्ने
  • सिमानाको मूल्यमा कोटाको खाद्यान्न उपलब्ध गराउने

सुझावित समाचार