कांग्रेस सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन्।
देउवाको निजीनिवास बुढानीलकण्ठमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ।
दुईदिने नेपाल भ्रमणका लागि मिश्री आज बिहान काठमाडौं आएका हुन्।