उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबीच कार्यसम्पादन करार सम्झौता भएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थसचिव डा. रामप्रसाद घिमिरे, राजस्वसचिव दिनेशकुमार घिमिरे र महालेखानियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको हो।
कार्यसम्पादन सम्झौतामा चालू आर्थिक वर्षमा गरिने कार्यक्रमहरू, लक्ष्यहरू र समयसीमा उल्लेख गरिएको छ।
अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्यांकनको महत्त्वपूर्ण आधार हुने उल्लेख गर्दै सिंगाे टिमलाई परिचालन गरेर सचिवहरू र महालेखानियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रूपमा उत्रिने विश्वास व्यक्त गरे।
अर्थसचिव डा. घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामन्जस्यता कायम गरी सम्झौतामा उल्लेखित क्रियाकलापहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।