प्यालेस्टिनी राष्ट्रपतिले रुस भ्रमण गर्ने

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बासले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न आगामी साता मस्को भ्रमण गर्ने भएका छन्।

रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहेका प्यालेस्टिनी राजदूतलाई उद्धृत गर्दै अब्बास सोमबार मस्को आइपुग्ने र मंगलबार पुटिनलाई भेट्ने जानकारी गराएको छ।

राजदूत अब्देल हाफिज नोफलले बताएअनुसार दुई नेताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा भएका घटनाबारे छलफल गर्नेछन्। ‘हामी जटिल अवस्था भोगिरहेका छौँ र रुस हाम्रो नजिकको देश हो। हामीलाई एकअर्काको परामर्श आवश्यक छ,’ राजदूत अब्देलले बताए।

मस्कोले वर्षौँसम्म इजरायल र प्यालेस्टाइनसहित मध्यपूर्वका सबै प्रमुख मुलुकसँग सन्तुलन सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ। तर, इजरायल–हमास युद्ध सुरु भएपछि र युक्रेनमाथि रुसको आफ्नै युद्धपछि पुटिन इजरायलको प्रतिद्वन्द्वी हमास र इरानको निकट भएका छन्।

सुझावित समाचार