पत्रकारमाथि दुर्व्यवहार प्रकरण : प्रहरीले दर्ता गरेन जाहेरी

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले समाचार संकलनमा गएका पत्रकारसँग गरेको दुर्वव्यहारको घटनामा प्रहरीले जाहेरी दर्ता गरेको छैन। घटनाको भोलिपल्ट बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पीडित पत्रकारहरूले प्रहरी उपरीक्षक(एसपी) गजुसिद्धि बज्रचार्यलाई दिएको जाहेरी अझै दर्ता गरिएको छैन। 

पालिका अध्यक्षसहित दुर्व्यवहारमा संग्लन कर्मचारी तथा स्थानीयहरूउपर दिएको उजुरी लिँदै एसपी बज्रचार्यले ४८ घण्टामा जाहेरी अध्ययन गरेर दर्ता गर्ने प्रतिक्रिया जनाए पनि हालसम्म जाहेरी दर्ता नभएको पीडित पत्रकार तथा महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले बताए। 

गैरकानुनी रूपमा गाउँसभा गरेको भन्दै केही जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनमा गएका पत्रकार आरएन विश्वास, नवीन गुप्ता र विद्यानन्द रामलाई केहीबेर प्रमुख प्रशासकीय अधिकृतको कार्यक्षमा थुन्नुका साथै दुर्व्यवहार गरेको थियो। सप्तरी प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्रचार्यले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए। उनले भने, ‘अनुसन्धान हुँदै छ, छिट्टै जाहेरी दर्ता हुन्छ।'

सुझावित समाचार