सोलुमा बढ्दै डेंगीको संक्रमण

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

सोलुखुम्बु सोताङका ५३ वर्षीय एक पुरुष पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुगे। नमुना जाँच गर्दा उनलाई डेंगीको संक्रमण  पुष्टि भएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन्।

यहाँ डेंगीको संक्रमण  बढ्दै गएको छ। पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरमा २० जना पुरुष र १० जना महिलामा डेंगीको संक्रमण पुष्टि भएको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा संक्रमण पुष्टि भएको छ। 
    
एक सय ५० जनाको नमुना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकरात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताए।  यसमा पुरुष १९  र महिला ८ छन् । रासस

See More On

सुझावित समाचार