एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पाँचैजनाको शव संकलन

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भोलि बिहान पोष्टमार्टम गरिने

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचैजनाको शव दुर्घटनास्थलबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।

बुधबार दिउँसो १ः५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनको हेलिकोप्टर शिवपुरी गाउँपालिका– ७ सूर्यचौर (सुइरेचौर)मा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो।

दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ। मृतकको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरु हुने भएको छ। 

सुझावित समाचार