नवलपुरको गैँडाकोटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गैँडाकोट– १० भैसाखोरीमा बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर गैँडाकोट– ११ नारायणी आदर्श टोल बस्ने ४५ वर्षीय स्थानीय तिलक खड्काको मृत्यु भएको हो ।
एक्कासि करेन्ट लागेपछि पोलबाट खसेर घाइते भएका खड्काको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।