गोर्खाज फाइनान्सको सञ्चालकमा युवराज राई र स्वतन्त्र सञ्चालकमा प्रवीण भट्टराई नियुक्त भएका छन् । शनिबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको संस्थापक समूहको सञ्चालक पदमा बाँकी अवधिका लागि राईलाई र चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो ।
नेपाल सरकारका पूर्वउपसचिवसमेत रहेका राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालयलगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव रहेको छ ।
त्यस्तै, राष्ट्र बैंकमा तीन दशकको कार्यअनुभव सँगाली सेवानिवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यअनुभवसमेत रहेको छ ।
नवनियुक्त सञ्चालकहरूले फाइनान्सको प्रगतिमा अतुलनीय योगदान पु¥याउने विश्वास संस्थाले लिएको छ ।