कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

चारजना मन्त्रीसहित कर्णालीमा नेपाली कांग्रेस सरकारमा सामेल भएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुर्नगठन  गरेका हुन्।

आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। मन्त्रीहरूले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथग्रहण गरेका हुन्।

राजीवविक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्नेछन्।
 

सुझावित समाचार