मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

आइतबार, २० साउन, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।

कांग्रेस र एमाले सांसदहरूको  समर्थनमा शाहले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाहले दाबी पेस गरेका हुन्।

यसअघि कांग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेका एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएका थिए।

सुझावित समाचार