एनआइसी एसिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५२.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारणसभा डाकेको छ ।
क्यापिटलको १६ साउनमा बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । सभा ११ भदौमा क्यापिटलको रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बस्नेछ ।
साधारणसभाले आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरणलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।
क्यापिटलले आठौँ वार्षिक साधारणसभासम्म आइपुग्दा प्रस्तावित ५२.५३ प्रतिशत लाभांशसहित हालसम्म २४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको जनाएको छ ।