कुमारी बैंक र डिआई स्किन तथा डिआई डेन्टल केयरबीच सम्झौता

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेड र गोल्फुटार काठमाडौंस्थित डिआई स्किन हस्पिटल प्रालि तथा डिआई डेन्टल केयर प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले डिआई स्किन हस्पिटल र डिआई डेन्टल केयरमा बैंकको डेबिट–क्रेडिट कार्ड या क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले देशभरका तीन सय दुई शाखा सञ्जाल, तीन सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सुझावित समाचार