अवरुद्ध पूर्व–पश्चिम महेन्द्र राजमार्ग खुलाउने प्रयास हुँदै, राजमार्गमा सवारीजाम

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

गएराति परेको वर्षाले  पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित महोत्तरी सडकखण्ड अवरुद्ध भएको छ। बर्दिवास नगरपालिका– ५ टुटेश्वरचाेकनजिकै बेलगाछीमा रहेको ढुंग्रे खोलाको पुल क्षतिग्रस्त हुँदा राजमार्गमा सवारीजाम भएको छ।  

पुलको पूर्वपट्टि माटो कटान गरी पिल्लरमुनि खाल्टो भएका कारण पुल धराप बनेको छ। पुल धराप बनेसँगै पूर्व–पश्चिम महेन्द्र राजमार्गको बाटो पूर्ण रूपमा आवतजावत अवरोध भएर आवागमन रोकिएको हो।अवरुद्ध सडक पुनः खुलाउने प्रयास भइरहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । 

उनले सडक विभाग र नगरपालिकाको सक्रियतामा सडक खुलाउने प्रयास जारी रहेको बताए। यता  हलुका सवारीसाधनहरू हुलाकी राजमार्गको वैकल्पिक बाटो प्रयाेग गरेर गन्तव्यसम्म पुगिरहेको सहायक प्रजिअ न्यौपानेले बताए ।

सुझावित समाचार