खरखरेभिरको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

पहिरोका कारण हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका– ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालयले लमजुङले जनाएको छ ।

खरखरेभिरमा सडकमाथिबाट ठूलो ढुंगासहित पहिरो खसेपछि बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको हो । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । सडक विभागले आर्थिक वर्ष ०५१/५२ मा बेँसीसहर–चामे सडक निर्माण थालेको थियो ।

द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि ६ वर्षअघि मात्र सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो । यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । अहिले सडक खुलाउने कार्य भइरहेको छ ।

See More On

सुझावित समाचार