जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुनमा २.५ प्रतिशतमा झरेको सरकारी तथ्यांकले जनाएको छ।
एक वर्षअघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुनमा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ।
मानिसले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जुनमा ३.३ प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुँदा १.७६ मिलियन पुगेको हो।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मेमा १.२४ रहेको जापानको रोजगार–आवेदक अनुपात जुनमा घटेर १.२३ पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सयजना रोजगारी खोज्नेहरूको लागि १२३ रोजगारी उपलब्ध भएको संकेत गरेको छ।