हिरो एक्सचेन्ज र इभल्भ सोरुम एक्सचेन्ज हुँदै

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

 हिरो मोटोकर्पका आधिकारिक विक्रेता सिजी मोटर्सले ‘हिरो एक्सचेन्ज’ र ‘इभल्भ सोरुम एक्सचेन्ज’ आयोजना गरेको छ । अफर १३ देखि १८ साउसम्म चल्नेछ । बनेपा, दुलेगौँडा, गौशल, धनुषाधम, महेन्द्रनगर  इस्ट, सुरुंगा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगरमा यो अफर चल्ने कम्पनीले जनाएको छ ।

यस मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यांकनभन्दा आठ हजारभन्दा बढी मूल्यांकन पाउने आयोजकले जनाएको छ ।साथै, एक्सचेन्ज अफरमा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने बताइएको छ । साथै, ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, र जुमका दुईपांग्रे सवारी लिन सक्नेछन् । 

सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढीको सोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । यसबाहेक सिजी मोटर्सले बढ्दो ग्राहकको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस् नेटवर्कलाई पनि द्रुत गतिमा विस्तार गरिरहेको जनाएको छ ।

सुझावित समाचार