बिवाइडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालीमाटीस्थित दुई पकेट फरेस्टमा पाँच सय ५० वृक्षारोपण गरेको छ । कम्पनीले ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’अन्तर्गत द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालि–१३ सँगको सहकार्यमा सो वृक्षारोपण अभियान सम्पन्न गरेको हो । 

सो कार्यक्रममा मिस नेपाल २०२४ का प्रतियोगीले समेत सहभागिता जनाएका थिए । यसले वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई संकेत गरेको कम्पनीको भनाइ छ । नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि कम्पनीले तीन वर्षसम्म हेरचाह र सम्भार गरिनेछ । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिन्छ ।

यसबाट पाँच वर्षपछि दुई सय ९५ टन अक्सिजन उत्पादन हुुनेछ भने एक सय ११ टन कार्बन स्टोर हुनेछ । त्यसैगरी, १० वर्षपछि पाँच सय ९१ टन अक्सिजन उत्पादन हुने र दुई सय २२ टन कार्बन स्टोर हुनेछ भने २० वर्षपछि एक हजार एक सय ८२ टन अक्सिजन उत्पादन हुने र चार सय ४३ टन कार्बन स्टोर हुने कम्पनीले जनाएको छ । ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियानअन्तर्गत कालीमाटीमा पाँच सय ५० वृक्षारोपण गरेका छौँ,’ साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समीर श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो ।’

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । 

See More On

सुझावित समाचार