सहकारीको बचत दुरुपयोग गरी फरार भएका १८ जनालाई नेपाल झिकाउन संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
सोमबार गृहमन्त्री र गृहसचिवसहित नेपाल प्रहरीका अधिकारीहरूसँगको छलफलपछि समितिले १८ जनाको नाम सार्वजनिक गर्दै उनीहरूलाई समितिमा उपस्थित गराउन निर्देशन गरेको हो।
यस्ताे छ समितिले विदेशबाट नेपाल ल्याउनुपर्ने व्यक्तिहरूको नामावली :
१. जिबी राई - सूर्य दर्शन सहकारी, पोखरा
२. भरत महर्जन - सुमेरू सहकारी, ललितपुर
३. राजमाया महर्जन - सुमेरू सहकारी, काठमाडौं
४. सचिन महर्जन - सुमेरू सहकारी, काठमाडौं
५. सरला महर्जन - सुमेरू सहकारी, ललितपुर
६. ज्ञानबहादुर बमजन - सूर्यदर्शन सहकारी, पोखरा
७. भूपेन्द्र राई - सूर्यदर्शन सहकारी, पोखरा
८. तेजबहादुर बमजन - शिव शिखर सहकारी
९. देवकुमार नेपाली - इमेज बचत, पोखरा
१०. छेदा नेपाली - इमेज बचत सहकारी, बागलुङ
११. तस्बिरन खातुन - सानो पाइला सहकारी, वीरगन्ज
१२. असरफ अली - सानो पाइला सहकारी, वीरगन्ज
१३. सुवास केसी - सहारा सहकारी, चितवन
१४. दीपक पौडेल - इमेज सहकारी, बागलुङ
१५. लीलानाथ गौतम - शिव शिखर सहकारी, भक्तपुर
१६. महाशंकर रेग्मी - मेघा ड्रिम सहकारी, काठमाडौं
१७. थानबहादुर बुढामगर - सूर्यदर्शन सहकारी, पोखरा
१८. प्रेमध्वज लामा - कान्तिपुर कोअपरेटिभ, काठमाडौं