हिमालयन बैंकले बनेपा शाखा स्थानान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी पनौती बसपार्क–७, काभ्रेमा पनौती शाखाको नामबाट शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गरे । बैंकले देशका एक सय ७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, दुई सय ६४ एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।