मौद्रिक नीतिको प्रभाव : सेयर बजारमा दोस्रो सकारात्मक सर्किट

दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियाे ।  

त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको  छ ।  नेप्से आज १२९.०७ अंकले बढेर २ हजार ६ सय ९७ अंकमा पुगेकाे छ । चालू आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो।

आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गरिने घोषणा गरेका थिए । यस्तो सेयर धितो कर्जाको सीमा अधिकतम २० करोड रुपैयाँसम्म कायम थियो। संस्थागत लगानीकर्ताको सीमा खारेज भए पनि व्यक्तिगततर्फ यथावत राखिएकाे छ।

सुझावित समाचार