पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड सञ्चालन

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण

शनिबार रातिदेखि लगातारको वर्षापछि आएको पहिरोका कारण अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड सञ्चालन भएको छ। बेँसीसहर नगरपालिका– १ उदीपुर बजार, अँधेरी खोला र नेपाली सेनाको गेटमा पहिरो हटाएपछि सडक सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । 

सडक खुलेसँगै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान साढे ४ बजेसम्म पछिल्लो तीन घण्टामा लमजुङको बेँसीसहर, खुदीबजार, कुन्छा, घरेढुंगा र धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ ।

खुदीखोलालगायत उक्त क्षेत्र भएर बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सुझावित समाचार