मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण
मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गरेको छ। आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गरिने घोषणा गरे।

यस्ताे सेयर धितो कर्जाको सीमा अधिकतम २० करोड रुपैयाँसम्म कायम थियो। संस्थागत लगानीकर्ताको सीमा खारेज भए पनि व्यक्तिगततर्फ यथावत्र छ।

‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति प्रदान गरिसकेको छ। मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु. २० करोडको सीमा खारेज गरिनेछ,’ उनले भने।

सुझावित समाचार