नवलपुरमा भारतीय नागरिक मृत फेला

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

नवलपुरमा एकजना भारतीय नागरिकको शंकास्पद मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व–पश्चिम राजमार्गको कावासोती १६ को चालिस किलोमिटर जंगलको सडकछेउ भारतको उत्तर प्रदेशनिवासी ४९ वर्षीय अनबर खान (आधार कार्डको आधारमा) घाइते अवस्थामा फेला परेका थिए। 

उनको उपचारको क्रममा आज दिउँसो ४ः५० बजेतिर मध्यविन्दु जिल्ला अस्पताल डन्डामा मृत्यु भएको हो। उनी सडकदेखि २ मिटर तल घाइते अवस्थामा भेटिएका थिए। उनको टाउकोको पछिल्लो भागमा चोट लागेको थियो। 

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ। उनलाई कुनै सवारीले ठक्कर दिएर फालेर गएको हुन सक्ने पनि प्रहरीले आशंका गरेको छ। तर, मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

सुझावित समाचार