हेटौँडास्थित राप्ती खोलाले बगाउँदा बिहीबार दिउँसो एक युवकको मृत्यु भएको छ। मृत्यु हुेनमा हेटौँडा उपमहानगरपालिका– १ का ३० वर्षीय राजु पन्त रहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हेटौँडा– १ जरुवाटोलस्थित तरकारी बजारनजिकबाट राप्ती खोला तरेर पारितर्फ जान लाग्दा खोलाले बगाएर उनलाई झन्डै पाँच सय मिटर तल राप्तीको पुलसम्म पुर्याएको थियो।
मानिस बगाएको देखेपछि तत्कालै स्थानीय र प्रहरीले उद्धार गरेर हेटौँडा अस्पताल पुर्याएको भए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए।
शाहका अनुसार मृतक पन्त लामो सयमदेखि हेटौँडा– १ जरुवाटोलमा रहेको तरकारी बजारमा लोड–अनलोडको काम गर्दै आएका थिए।