सिटिजन्स बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच समझदारी

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको धुलिखेलस्थित दुसित थानी हिमालयनबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

सुझावित समाचार