रास्वपाको केन्द्रीय समिति बैठक सुरु

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराइने बताइएको छ।

विभाग प्रमुख मनोनयन, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्प, कर्णाली विशेष अभियान बैठकको एजेन्डाका रूपमा रहेको छ।

यसैगरी, प्रदेश अभिमुखीकरण तथा जिल्ला बैठक र जिल्ला बहस, सल्लाहकार परिषदमा मनोनयन, केन्द्रीय विभागको बाँकी रहेको मनोनयनवारे छलफल र अनुमोदनलगायतका विषयमा पनि छलफल हुनेछ।

नेपालमा केही सातादेखि हुँदै आएको प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेहरू, सिमलताल दुर्घटनामा ज्यान गुमाउनेहरू र सौर्य एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै एक मिनेट मौनधारण गरेर बैठक सुरु भएको हो।

सुझावित समाचार