सासाको आइपिओ बिक्री प्रबन्धकमा एनआइएमबी

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

सासा इन्जिनियरिङ हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले एनआइएमबी एस क्यापिटललाई आइपिओ निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले दोलखामा ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरिद–बिक्री गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ । 

See More On

सुझावित समाचार