प्रधानमन्त्रीसहितको टोली दुर्घटनास्थलमा

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण
प्रधानमन्त्रीसहितको टोली दुर्घटनास्थलमा

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

प्रधानमन्त्री केपी ओलीसहितको टोली त्रिभुवन विमानस्थलस्थित दुर्घटनास्थलमा पुगेको छ। दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्रीसहितको टोली दुर्घटनास्थल पुगेको हो।

टोलीमा प्रधानमन्त्रीसँगै सुरक्षा निकायका अधिकारीहरू र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसमेत छन्।

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनीषरत्न शाक्यकाे उपचार भइरहेको छ।

सुझावित समाचार