नेल्सन मण्डेलाका प्रेरणादायी भनाइ

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले (जन्म : १९१८, निधन : २०१३) रंगभेद र जातिभेदी नेतृत्वविरुद्ध निरन्तर संघर्ष गरे ।  न्याय, मानव अधिकार  र प्रजातन्त्रका लागि गरेको संघर्षका कारण उनी विश्वविख्यात छन् । 

  • युवाहरू शिक्षित हुँदा समाजमा ठूलो परिवर्तन आउन सक्ने उनको विश्वास थियो । उनले भनेका थिए, ‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो । जसलाई दुनियाँ बदल्न प्रयोग गर्न सकिन्छ ।’
  • २७ वर्षसम्म जेलमा बसेका मण्डेला सत्य र न्यायका लागि कसैसँग सम्झौता गर्न नहुने धारणा राख्थे । उनी भन्थे, ‘बहादुर मानिस त्यो होइन, जो भयभीत हुँदैन । जसले भयलाई जित्न सक्छ, ऊ बहादुर हो ।’
  • मानिसले सधैँ सम्भावनाको खोजी गर्नुपर्ने उनको सुझाव छ । ‘सफल नभएसम्म जुनसुकै काम पनि असम्भव लाग्छ,’ उनले भनेका छन् । 
  • असफलताबाट उठ्न सक्ने गुण उपलब्धि हासिल गर्नका लागि महŒवपूर्ण रहने उनको बुझाइ थियो । ‘मलाई मेरो सफलता हेरेर मूल्यांकन नगर्नुस् । कतिपटक तल खसेर पनि उठेको छु, त्यही हेरेर मूल्यांकन गर्नुस्,’ उनले भनेका छन् ।
  • उनले युवाहरूलाई सपना देख्न र निरन्तर पछ्याउन प्रेरित गरे । ‘कहिल्यै हरेस खाने स्वप्नद्रष्टा नै विजेता हो,’ उनले भनेका छन् । 

सुझावित समाचार