जुम्लाको पुँजीगत खर्च ७८ प्रतिशत

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

संघीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८.९६ प्रतिशत भएको छ। संघबाट पुँजीगततर्फ ६ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जानकारी दिए।

संघीय सरकारले चालू खर्चका लागि रु. पाँच अर्ब २२ करोड पाँच लाख विनियोजन गरेकोमा ९२.७८ प्रतिशत खर्च भएको छ। विनियोजित कुल बजेटको जम्मा ८८.७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख शाहीको भनाइ छ।

असारभित्र मात्र जिल्लाको पुँजीगत खर्च ४१.४१ प्रतिशत भएको छ। असारमा चालू खर्च १३.१३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाले जनाएको छ। जिल्लाका सरकारी कार्यालयले बजेट कार्यान्वयनमा सुधार गरेका छन्।

सुझावित समाचार