सामसङले सुरु गर्‍यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै सामसङ नेपालले आफ्ना मनपर्ने ओलम्पिक खेलाडीहरूसँग फ्यानलाई जोड्न छुट्टै वेबसाइट सुरु गरेको छ।

यस प्लेटफर्ममार्फत सामसङले पेरिस २०२४ ओलम्पिकमा आफ्नो गौरव जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयासमा खेलकुद प्रशंसक र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देश पठाउने सेवा प्रदान गरेको छ।

आफ्नो मनपर्ने खेलाडीलाई टेक्स्ट मेसेज पठाउन यस वेबपेजमा गएर त्यहाँ आफूलाई मन परेको खेलाडी छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सकिनेछ। यी सन्देश पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानुअघि खेलाडीहरूलाई पढ्नका लागि उपलब्ध गराइने सामसङ नेपालले जनाएको छ।

सामसङले ओलम्पिक विन्टर गेम्स नागानो १९९८ देखि रहेको ओलम्पिकसँगको वायरलेस सञ्चार उपकरण वर्गमा आधिकारिक विश्वव्यापी साझेदारको परम्परालाई गर्वका साथ जारी राखेको छ। यसपालि ग्यालेक्सी एआईद्वारा सञ्चालित नवीन प्रविधिमार्फत पेरिस २०२४ ओलम्पिकसँगको सहकार्यमा खेलाडी र फ्यानहरूबीचको सम्बन्ध बढाउन समर्पित रहेको सामसङले जनाएको छ।
 

सुझावित समाचार