काठमाडौंमा फुटपाथ विस्तारको समर्थन गर्दै २४ वडावासी सडकमा

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण
काठमाडौंमा फुटपाथ विस्तारको समर्थन गर्दै २४ वडावासी सडकमा

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

काठमाडौं महानगरमा फुटपाथ विस्तारको विरोधमा वडा नं २२ र २३ का जनप्रतिनिधिले विरोध प्रदर्शन गरिरहँदा वडा नं २४ मा विस्तारको पक्षमा प्रदर्शन भएको छ।

फुटपाथ विस्तार कार्यको समर्थन गर्दै सोमबार २४ नं वडावासीले मखनमा प्रदर्शन गरेका हुन्। उनीहरूले ‘फुटपाथ बढाएर आमनागरिकलाई सहजसँग हिँड्न देऊ’, ‘चेलीबेटी दिदी–बहिनीको सुरक्षा गर’, ‘अगाडि बढ बालेन जनता तिम्रो साथमा छन्’जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

सडक विभाग र महानगरबीचको विवादमा उच्च अदालत पाटनले महानगरको पक्षमा फैसला गरेसँगै काठमाडौंमा फुटपाथ विस्तारको काम भइरहेको छ। वडा नं २२ र २३ का जनप्रतिनिधि महानगरको विरोधमा उत्रिएको वेला वडा नं २४ मा महानगरको पक्षमा प्रदर्शन भएको हो।

सुझावित समाचार