प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले आफू अग्लो हुन अरूलाई होचो बनाउने कोसिस नगर्ने प्रस्ट पारेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा आफ्ना धारणा राख्दै प्रधानमन्त्रीले अर्काको अनुहारमा हिलो छ्याप्ने काम यो सरकारले नगर्ने बताए।
सुशासनका लागि सही नियत चाहिने उल्लेख गर्दै उनले भने, ‘सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्सन चाहिन्छ । यस सरकारले आफू अग्लो हुन अरूलाई होचो बनाउने कोसिस गर्नेछैन।’
सार्वजनिक सेवा प्रभावकारी बनाउन र नागरिकको दैनिक जीवनलाई सहज बनाउन सेवा प्रवाह, नीति निर्माण र विकाससम्बन्धी कामलाई सरकारले प्राथमिकताका साथ गर्दै जाने प्रधानमन्त्री ओलीको भनाइ छ।