नेसनल लघुवित्तले एफपिओ निष्कासन गर्ने

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

नेसनल लघुवित्तले सर्वसाधारणका लागि सेयर (एफपिओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ लाख ६९ हजार ९००.२७ कित्ता सेयर जारी गर्न लागेको हो ।

संस्थाले संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सो संख्याबराबर सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको संस्थाले जनाएको छ । 

See More On

सुझावित समाचार