तोलामा दुई हजारले घट्यो सुनको मूल्य

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. दुई हजारले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज भने  एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार प्रतितोला  एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने  एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले  घटेको छ। बिहीबार प्रतितोला  एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  एक हजार आठ सय ३० रुपैयाँ  निर्धारण गरिएको छ । 

See More On

सुझावित समाचार