नेकपा एमालेका सांसद महेश बर्ताैला प्रतिनिधिसभामा सत्तापक्षको मुख्यसचेतक मनोनीत भएका छन्।
प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी ओलीले बुधबार बर्ताैलालाई संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम बर्ताैलालाई मुख्य सचेतक मनोनीत गरेका हुन्।
बर्ताैला यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक थिए। सत्ता परिवर्तन भएर एमाले प्रमुख सत्तारूढ दल बनेपछि बर्ताैला मुख्य सचेतक मनोनीत भएका हुन्।