नेप्से परिसूचक ५४ अंकले वृद्धि

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि उकालो लागेको छ। आज नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ मा पुगेको छ।

वर्तमान सरकार गठनयता नेप्से लगातार बढिरहेको छ। अर्थमन्त्री विष्णु पौडेललाई सेयर बजारले यसपटक पनि हरियाली ल्याएर स्वागत गरेको छ।

आज तीन सय ६ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता सेयर एक लाख ४९ हजार ६ सय ८१ पटक खरिद-बिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको छ। 

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ। आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी  लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिटिजन म्युचुअल फन्ड २ सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको छ। 

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भएको छ।

सुझावित समाचार