सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र बंैकका प्र्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरे ।
आगामी एक वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । बैंकले ०७४ सालदेखि विपन्न महिलाको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ ।
प्रत्येक ‘नारी बचत खाता’ खोलेबापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीको उपचारमा सहयोग गर्दै आएको छ ।