हुन्डाई फेस्टिभ डिलाइट– ८० को विजेता घोषणा

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

हुन्डाईले दसैँ–तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट– २०८०’ को विजेता घोषणा गरेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सो विजेताको नाम घोषणा गरेको छ । 

उक्त अफरका विजेता सुनसरीका इन्द्रप्रसाद गुरागाईं रहेका छन् । कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि हुन्डाई बिर्तामोडका ग्राहक रहेका उनले हुन्डाई एक्सटर जितेका छन् । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले लक्डी ड्र गरेकी थिइन् । 

कम्पनी गत वर्षको दसैँ–तिहारलाई लक्षित गरी ल्याएको उक्त अफरअन्तर्गत हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षका लागि निःशुल्क बिमा तथा सडक कर, स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत एकजना विजेतालाई हुन्डाई एक्सटर जित्ने अवसर थियो । 

See More On

सुझावित समाचार