हिमालयन एभरेष्ट इन्स्योरेन्स सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्टनरसिप अफ द इयर–नेपाल’ अवार्ड पाएकाे छ।
यसबारेमा बोल्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर सञ्जय अर्यालले भने, ‘यी अवार्डहरूले हामीलाई नयाँ मापदण्ड बनाउन र हाम्रा सेवाग्राहीहरूलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गरेको छ। हामीलाई यहाँसम्म आइपुग्न साथ दिनुहुने समस्त सेवाग्राही तथा साझेदारहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ।’
यी दुवै अन्तर्राष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, इसेवा र खल्तीजस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको कम्पनीको दाबी छ।
यी उपलब्धिहरूले बिमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ।