त्रिशूली नदीमा उद्धार तथा खोजीमा खटियो त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण

त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएको दुईवटा बस र यात्रुको खोजी तथा उद्धार कार्यका लागि जुटेको छ।

साहसिक खेल मात्र नभई उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्ससमेत भनिन्छ।

भरतपुर महानगरपालिका– २९ सिमलतालमा शुक्रबार बिहान करिब साढे ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस बग्दा बस र कम्तीमा ४८ यात्रु बेपत्ता भएका छन्। जसको खोजीका लागि सरकारी तथा गैरसरकारी टोलीहरू खटिएका छन्।

मलेखुस्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि पाँचवटा कायकसहित ६ गाइडको समूह खटिएको छ।

सिमलतालदेखि गाईघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको रिसोर्ट सञ्चालक उद्धव कँडेलले बताए। र्याफ्टिङ गाइडसमेत रहेका उद्धव कँडेलको नेतृत्वमा टोली खटिएको हो।

सुझावित समाचार