माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भुटानी शरणार्थी प्रकरणमा फरारहरू पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा जुटेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बोल्दै उनले यस्तो बताएका हुन्।
सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि कांग्रेस–एमालेले नयाँ समीकरण बनाएको उनको भनाइ छ।
‘ललितानिवास, सुन तस्करी, भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू पक्राउ पर्न थालेपछि कांग्रेस एमालेले आफ्नाहरूलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएका हुन्,’ प्रमुख सचेतक पाण्डेले भने।