गृहमन्त्री रविको गर्जन– मध्यरातमा व्यापारीको घरमा बसेर गरेको सहमति कसरी राष्ट्रिय सहमति भयो ?

शुक्रबार, २९ असार, २०८१
डिजिटल संस्करण

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यरातमा व्यापारीको घरमा बसेर गरेको सहमति कसरी राष्ट्रिय सहमति भयो भनेर प्रश्न गरेका छन् । शुक्रबार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले सन्बन्धित पार्टीका सांसद र दलका नेतालाई समेत जानकारी नभएको सहमति कसरी राष्ट्रिय सहमति भयो ? भनेर सोधे ।

उनले यो दुई दलको सहमति भएको, तर राष्ट्रिय सहमति हुन नसक्ने  दाबी गरे । उनले रातारात संविधान र राष्ट्रियताको चिन्ता कसरी भयो भनेरसमेत प्रश्न गरे । 

उनले आफ्नो पार्टीमाथिको अपरिपक्वता र केटाकेटीपनको ट्याग लागेको कुरालाई इतिहासले कसरी मूल्यांकन गर्ने थाहा नभए पनि  रातारातको सहमतिलाई जनताले छिट्टै मूल्यांकन गर्ने उल्लेख गरे ।

उनले दुई ठूला दल मिल्नु आफ्ना लागि अनौठो नभएको भन्दै पहिला नै मिलेको भए आफूहरूको जन्म हुनुनपर्ने बताए । 

See More On

सुझावित समाचार