वर्ग, लिंग र जातका नाममा राजनीति नगर्नुहोस् : योगेश भट्टराई

शुक्रबार, २९ असार, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वर्ग, लिंग र जातका नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै नेता भट्टराईले तपाईंका लागि हतियार बोकेका तमाम गरिब युवाहरू कहाँ छन् ? भनेर प्रश्न गरे । तपाईंकै लागि हतियार बोक्ने रोल्पाका मगर, दलित, मधेशी, मुस्लिम र महिलाहरू यतिवेला कहाँ छन् ? भनेर प्रश्न गरे ।

उनले दलित, महिला, मधेशी र उत्पीडित जनताका नाममा फेरि देशमा आगो बाल्ने  दुष्प्रयास नगर्न चेतावनी दिए । आफ्नो स्वार्थसिद्धका लागि देशमा सधैँभरि अस्थिरताको राजनीति नगर्न आग्रह गरे । 
 

सुझावित समाचार