एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

एनसेलका ग्राहकले डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । यसलाई सम्भव बनाउँदै, एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकलाई ब्यालेन्सविना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन साझेदारी गरेका छन् ।

राम्रो ब्रोडब्यान्ड कभरेज भएका क्षेत्रमा पनि थुप्रै उपभोक्ता क्रयशक्तिका कारणले गर्दा कहिलेकाहीँ मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडल पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरी दुई प्रोडक्ट फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ । विशेषगरी टुजी मोबाइल सेट बोक्ने ग्राहकका लागि इन्टरनेटको अनुभवका साथ सेवा सान्दर्भिक रहेको बताइएको छ ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिनेछ । त्यसैगरी, डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरूले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउनेछन् । ‘यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्याउँछ र हाम्रो ‘सधैँ अन’ क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरूका मोबाइलमा केही आधारभूत सेवा उपलब्ध रहिरहने कुराको सुनिश्चित गर्नेमा हामी विश्वास गर्छौँ,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘यस किसिमका सहकार्यले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्नेछ ।’

डिस्कभर एक एन्ड्रोइड एप हो । एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुने गरी इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ । टेक्स्ट मात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारका धेरै डेटा खपत हुने सामग्री उपलब्ध हुँदैन । फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नका लागि ब्यालेन्स नभएको वेलामा पनि टेक्स्ट र फोटोसहितको फेसबुक चलाउन सक्छन् । 
 

See More On

सुझावित समाचार