विपक्षी दल राप्रपाको संसदीय दलको बैठक आज बस्दैछ।
पछिल्लो राजनीतिक विकासक्रम तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि लिन लागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्न बैठक बस्न लागेको हो।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो दुई बजे बैठक बस्न लागेको राप्रपाको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
सरकारमा रहेको एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धन बनाएपछि वर्तमान सरकार अल्पमतमा देखिएको छ। प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावको सामना गर्दैछन्। प्रतिनिधिसभामा १४ सिट रहेको राप्रपाले वर्तमान सरकारलाई समर्थन गरेको छैन।