लिगको विजेताले एक लाख पाउने

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

ललित स्मृति एन्फा यू–१८ युथ लिग, २०२४ को विजेताले एक लाख पाउने भएको छ । प्रतियोगिताको उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने एन्फाका उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १५ हजार रुपैयाँ पाउनेछन् । 

यसैबीच, प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघले जनाएको छ । लिग संयोजक खतिवडाले लिगमा ‘ए’ डिभिजनका १२ क्लबले भाग लिने बताए । एपिएफ, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, न्युरोड टिम, संकट क्लब, सातदोबाटो युवा, थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतियोगितामा भाग लिँदै छन् ।

प्रतियोगिताको तयारीबापत सहभागी क्लबले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन् । सहभागी १२ क्लबले डबल राउन्ड रोबिन ढाँचामा एक–अर्कासँग खेल्नेछन् । लिगको शीर्ष स्थान हात पार्ने टोली च्याम्पियन हुनेछ । 
 

See More On

सुझावित समाचार