भोजपुर-चखेवा सडकखण्डको मेस्पाङमा सडक भासियो

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङमा सडक भासिएको छ। भोजपुर-चखेवा सडकखण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । 

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले राससलाई बताइन् । उक्त स्थानमा आज बिहान सडक  भासिएको हो ।

‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,’ उपाध्यक्ष राईले भनिन् ‘सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुन सक्छ ।’

See More On

सुझावित समाचार